दफा २०
अधिकार प्रत्यायोजन
(१) आयोगले संविधान, यो ऐन र यस ऐनअन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानून बमोजिम आफु लाई प्राप्त काम, कर्तव्य र अधिकारमध्ये कुनै काम, कर्तव्य र अधिकार आयोगले तोके बमोजिमको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी कुनै सदस्य, सदस्यहरूको समिति, आयोगको कुनै कार्यालय वा कर्मचारी वा नेपाल सरकारको अन्य कुनै कर्मचारीलाई सुम्पन्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रत्यायोजन गरिएको अधिकार आयोगले जुनसुकै बखत फिर्ता लिन सक्नेछ
(२) उपदफा (१) बमोजिम प्रत्यायोजन गरिएको अधिकार आयोगले जुनसुकै बखत फिर्ता लिन सक्नेछ